विद्युतीय माध्यमबाट घरमै अध्यापन गराइने

विद्युतीय माध्यमबाट घरमै अध्यापन गराइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।

सरकारले लगाएको बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन समय लाग्ने देखिएपछि सिकाइलाई निरन्तरता दिन विद्युतीय माध्यम उपयोग गर्ने गृहकार्यमा सरकार जुटेको हो । सरकारको यस गृहकार्यमा शिक्षकका विभिन्न संस्था, विद्यालय तथा शिक्षकले साथ दिने भएका छन् ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले प्रविधिको माध्यमबाट कसरी विद्यार्थीलाई पढाउने भन्ने तयारीमा जुटेको जानकारी दिनुभयो । यसका लागि हाल कक्षा १ देखि ५ सम्मको बालबालिकाका लागि उपयोगी हुने सामग्री तयार गरिएको छ ।

बन्दाबन्दीमा पनि अध्ययन अध्यापन गर्न सकिने सन्देश दिन भिडियो कुराकानी, एफ.एम. रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालको समेत प्रयोग गरेर विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सकिनेछ । वैशाख २ गते विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु भएपछि तयारी सुरु गरिएको हो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।