राज्य व्यवस्था समितिको ‘भर्चुअल’ बैठक बोलाउन डिला संग्रौलाको माग

राज्य व्यवस्था समितिको ‘भर्चुअल’ बैठक बोलाउन डिला संग्रौलाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य डा. डिला संग्रौलाले राज्य व्यवस्था समितिको ‘भर्चुअल’ बैठक तत्काल बोलाउन माग गरेकी छिन् ।

डा. संग्रौलाले सिङ्गै मुलुक अहिले कोरोना भाइरसको संक्रमण संग जुधी रहेको र संसदको अधिवेशन चालु न रहेकाले सम्बन्धित सरकारी अधिकारीहरुलाई पनि आमन्त्रण गरी ‘मिनी संसद’ पनि भनिने समितिको बैठक तत्काल बोलाउन राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई आग्रह गरेकी छिन् ।

‘स्वास्थ्य मन्त्रालयमा कमिशनको हिसाब किताब चलिरहंदा देशभरि स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण बिना नै काम गर्नु परिरहेको अवस्था छ । टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरुको विश्वसनियता माथि नै प्रश्न उठेको छ । यस्ता विषय माथि सरकारलाइ जिम्मेवार र जवाफदेही बनाउन पनि समितिको बैठक जति सक्दो चांडो बस्न जरुरी छ,’ उनले भनिन् ।

भौतिक रुपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक गर्न उनले माग गरेकी छिन् ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले त्यस्तो बैठक गरि सकेको छ ।

‘जनताको जीवन रक्षा गर्न सरकारले लागू गरेको लकडाउनलाई हाम्रो पार्टीले पूर्ण समर्थन गरेको छ । तर लकडाउनका कारण सयौं नेपालीहरु सीमामा अलपत्र परि रहेका छन् । हजारौं मानिसहरु भोको पेट र साना बच्चा सहित घर पुग्ने आशामा पैदलै हिंडी रहेका छन् । तर सरकार २ दिनका लागि काठमाडौँबाट अलपत्र परेका मानिसहरुलाइ बाहिर जान दिने भन्छ, त्यसको केहि घण्टा पछि त्यस्तो निर्णय नै नभएको दावी गर्छ । यस्तो तदर्थ पाराले मानिसहरूको जीवन र जनजीविका माथि जोखिम बढेको छ । त्यसैले म बाटोमा हिडी रहेका मानिसहरुलाई तत्काल उनीहरुको घरसम्म पुराउन प्रदेश र स्थानीय निकायसंग समन्वय गर्न गृह मन्त्रालयलाई आग्रह गर्दछु,” नेपाली कांग्रेसकी सांसद् तथा केन्द्रिय सदस्य समेत रहेकी संग्रौलाले भनिन् ।