कोरोना कोषमा २ अर्ब १ करोड जम्मा, कसले कति सहयोग गरे ? (नामसहित)

कोरोना कोषमा २ अर्ब १ करोड जम्मा, कसले कति सहयोग गरे ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बुधबारसम्मको विवरण अनुसार कोषमा हालसम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार रुपैया जम्मा भएको हो ।

उक्त विवरणमा नेपाल सरकार र अन्य सरकारी निकायबाट डेढ अर्बभन्दा धेरै रकम जम्मा भएको देखिन्छ।

कोषमा नेपाल सरकारदेखि अधिकांश मन्त्रालयले आर्थिक सहयोग प्रदान गरेका छन् । त्यस्तै, मन्त्रालय अन्र्तगतका विभाग तथा शाखाहरुले कोषमा रकम जम्मा गरेका छन् ।

बिभिन्न नगरपालिकाहरु, गाउँपालिका, जिल्ला समन्वय समिति, आयोगहरुले पनि यो कोषमा सहयोग रकम जम्मा गरेका छन् ।

आइतबारसम्म कोषमा सबैभन्दा धेरै रकम नेपाल सरकारको तर्फबाट ५० करोड रुपैयाँ र नेपाल आयल निगमबाट पनि ५० करोड रुपैयाँ नै प्रदान गरेको उल्लेख छ ।

त्यस्तै, नेपाल दूरसंचार प्राधिकरणले १५ करोड, नेपाल दूरसंचार कम्पनीले १२ करोड रुपैया जम्मा गरेका छन् ।

कसले कति जम्मा गरे ?