काठमाण्डु – पोखरामा रहेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते छन् ।
ग २ ख १४१७ नम्बरको बस भीरबाट डेढ–दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित विजयपुर सैनिक ब्यारेकबाट उत्तरतर्फ माझथाना नजिक स्कुल बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ढ
मृत्यु हुनेहरुको पनि पहिचान भइसकेको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने प्रहरीले बताएको छ ।
दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया