स्याङजा – स्याङ्जामा जनप्रतिनिधिबीच झडप भएको छ । वालिङ नगरपालिका १० का वडाअध्यक्ष र जिल्ला समन्वय समितिका उपप्रमुखबीच कुटाकुट भएको हो ।
झडपपछि वडाअध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको छ । समितिका उपप्रमुख दिलिपकुमार बगालेले वडाध्यक्षको हात भाँचिदिएका छन् ।
उनको हाल पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीकोमा अध्यक्ष गैह्रेकोतर्फको उजुरी परेको छ ।
कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका उपप्रमुख बगालेलाई अध्यक्ष गैह्रेले सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाएपछि कुटाकुट भएको हो । बुधबार साँझ ८ बजे कुटाकुटा हुँदा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ ।




प्रतिक्रिया