लेकमको रतौडादेखि महाकालीको काँकडासम्म सशस्त्र प्रहरीको पहरा

लेकमको रतौडादेखि महाकालीको काँकडासम्म सशस्त्र प्रहरीको पहरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । भारतमा रहेका नेपालीहरु दिनप्रतिदिन महाकाली तरेर आउन थालेपछि सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको हो ।

सुदूरपश्चिममा बढ्दो संक्रमण बढेसंगै जोखीम मोलेर नेपाल भित्रि रहेकालाई मध्यनजर गर्दै भारतसँग जोडिएका सिमाहरुमा चौबिसै घण्टा उच्च निगरानी राखेको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाका डिएसपी डम्बर बहादुर विष्टले बताए । यतिबेला सीमा क्षेत्रका दुबै देशका नागरिकहरुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैशाखको चर्को घामको सामना गर्दै सुरक्षाकर्मीहरु २४ घन्टा खटिदै आइरहेका छन् ।

अहिले सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाले लेकमको लालीदेखि व्याँसको डोकटसम्मका आठ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको छ । महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बलियो उपस्थित रहेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी विष्टका अनुसार सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली,मालिकार्जुनको बाँकु, उकु, डिन्सी, महाकालीको काँकडा, व्याँसको धौलाकोट स्याँकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरेको बताए ।

महाकाली नदीबाट हुने अवैध क्रियाकलाप र भारतबाट महाकाली नदी भएर नेपाल प्रवेश गर्ने संख्यालाई रोक्नका लागि सशस्त्र प्रहरीले ठाउँ ठाउँमा अस्थायी पोष्ट राखिएको छ ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्दै यति बेला देश जोगाउनको लागि बैशाखको चर्को घामको सामना गर्दै सुरक्षाकर्मीहरु २४ घन्टा खटिएको पाइएको छ ।

भारतबाट कोरोना भाइरस संक्रमित व्यक्ति नेपाल छिर्न नपाउन् भनेर उनीहरु सीमामा आफ्नै स्वास्थ्य अवस्थाको प्रवाह नगरी आम जनतालाई सुरक्षित राख्न अहोरात्र सीमामा खटिएको सशस्त्र प्रहरी नेपाल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी विष्टलेले बताए ।