सेयर कारोबारमा घटाइएको नयाँ लाभकर आजदेखि लागू हुने

सेयर कारोबारमा घटाइएको नयाँ लाभकर आजदेखि लागू हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सेयर कारोबारमा घटाइएको नयाँ लाभकर आजदेखि लागू हुने भएको छ। लाभकरमा कर छुटसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित भएसँगै नयाँ लाभकर आजदेखि लागू हुने भएको हाे ।

अब आजबाट हुने सेयर कारोबारमा नयाँ दरअनुसार लाभकर गणना हुनेछ। यससँगै लगानीकर्ताले सेयर बिक्री गर्दा तिर्नुपर्ने लाभकरमा कमी आउनेछ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सेयर कारोबारमा नयाँ कर लागू गर्ने निर्णय गरेको थियो ।