काठमाडौं – सडकमा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेसंगै उनीहरुमा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी पैसा फालेर भागेका दुईजना महिलालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेसंगै उनीहरुमा आरडीटी परीक्षणमा कोरोना पोटेटिभ देखिएको हो । प्रादेशिक अस्पताल जनकपुर अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ।
शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो । पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।
जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ गरे लगतै कोरोना संक्रमण परिक्षणकालागि दुबै जनालाई आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल पठाइएको डिएसपी कार्कीले जानकारी दिए।
उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले बताए। शुक्रवार दिउँसो महावीर चोकमा दुइ जना महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरु त्रसित भएका थिए। सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ उनले गरिएको थियो ।




प्रतिक्रिया