काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लकडाउनका कारण घर हिँडिरहेकाहरुलाई स्थानीय तहले नै व्यवस्थापन गर्ने बताएका छन् ।
आइतबार दिउँसो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भिडिओ कन्फरेन्स गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिँड्दै गइरहेका श्रमिकहरूलाई स्थानीय तहले खाना र बस्ने व्यवस्था गर्ने बताएका हुन् ।
‘सुरूमा राहत बाँडन् पनि केही समस्या भयो । कतिलाई यस्तो संकटमा कति दिन बस्ने बरू घरमा गएर खेतिपाति गरेर खाउँला भन्ने मनोविज्ञानले पनि काम गरेको छ,’ ज्ञवालीले भने ।
उनले अहिलेसम्म ६ लाख ३१ हजार २२ परिवारलाई राहत वितरण गरिएको जानकारी दिए ।




प्रतिक्रिया