टेकु अस्पतालमै काम गर्छु, मन्त्रीज्यूबारे अनर्गल प्रचार नगरिदिनूः शेरबहादुर पुन

टेकु अस्पतालमै काम गर्छु, मन्त्रीज्यूबारे अनर्गल प्रचार नगरिदिनूः शेरबहादुर पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनले अनलाइन र पत्रपत्रिकाहरुले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

डा. पुनले आइतबार एक विज्ञप्ति जारी गर्दै केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएका हुन् । ‘मन्त्रीज्यू र मन्त्रालयबारे अनर्गल प्रचार नगरिदिनू’, उनले भनेका छन् ।

‘७ गते म कार्यरत अस्पतालको पत्र प्राप्त भएको छ । उक्त पत्रानुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा भएकाले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु’, उनले भनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ ।

आइतबार दिउँसो नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड–१९ विरूद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए ।

यता डाक्टर पुनले पनि आफू फेरि पनि टेकु अस्पतालमै काम गर्ने बताए ।

– मिति सच्याइएको पत्रः

 

– गलत मितिको पत्रः