आँखा र कान परीक्षण गराउन प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

आँखा र कान परीक्षण गराउन प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा परीक्षण गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा दिएको अन्तर्वार्तामा पत्रकार, नागरिक र प्रहरीबारे विवादास्पद अभिव्यक्ति दिएपछि थापाले यस्तो सुझाव दिएका हुन्।

उनले लेखेका छन्, ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज’कर्कश ध्वनि’ठान्ने हो भने @PM_Nepalज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला !’