पूर्वमाओवादीका सबै मन्त्रीलाई प्रचण्डले खुमलटार डाके

पूर्वमाओवादीका सबै मन्त्रीलाई प्रचण्डले खुमलटार डाके

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमाओवादीका मन्त्रीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

सरकारले पार्टी विभाजनको प्रावधान खुकुलो बनाउन अध्यादेश ल्याउने भएपछि अध्यक्ष प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

स्रोतकाअनुसार खुमलटार छलफलपछि महत्वपूर्ण निर्णय हुन सक्नेछ । पूर्वमाओवादीका मन्त्रीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको उक्त निर्णयमा असन्तुष्टी जनाएका छन् ।