काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले सरकारले पार्टी विभाजनको प्रावधान खुकुलो बनाउन ल्याएको अध्यादेश सामान्य विषय भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले राजनीतिक बजारमा भाईरल खबर साधारण बिषय भएको प्रतिक्रिया दिएका हुन् ।
‘दलहरु कानुनले भन्दाबढी दर्शनमा आधारित सिद्दान्त, बिचार, उदेश्य सहितको संगठनात्मक तथा भाबनात्मक प्रणालीमा एकताबध्द भएका हुन्छन् । तसर्थ तरङ्गित हुन आबश्यक ठाँनिन मैले त ।’
सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।
राजनितिक बजारमा भाईरल खबर मैले बुझेसम्म साधारण बिषय हाे।दलहरु कानुनले भन्दाबढी दर्शनमा आधारित सिद्दान्त,बिचार,उदेश्य सहितकाे संगठनात्मक तथाभाबनात्मक प्रणालीमा एकताबध्द भएका हुन्छन।तसर्थ तरङ्गित हुन आबश्यक ठाँनिन मैले त ।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 20, 2020




प्रतिक्रिया