काठमाडौं– नेपाली सेनाको मुख्यालयमा चार वटा सुरक्षा निकायका प्रमुखहरुको बैठक सम्पन्न भएको छ ।मन्त्रिपरिषद्को बैठक बालुवाटरमा जारी रहेका बेला चार वटै सुरक्षा निकायका प्रमुख भने सैनिक मुख्यालय भद्रकालीमा बैठक गरिरहेका थिए । बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी उपस्थित थिए ।
सुरक्षा निकायका प्रमुखहरुको बैठकमा राष्ट्रिय सुरक्षाको पछिल्लो अवस्था, कोरोना भाइरसको संक्रमणलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै देशभरी नै तरंग पैदा भएकै बेला आजै सैनिक मुख्यालयमा चार वटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको हो ।




प्रतिक्रिया