मन्त्रिपरिषद् बैठकपछि नेकपामा तरंग, काठमाडौं नछाड्न प्रचण्डको निर्देशन

मन्त्रिपरिषद् बैठकपछि नेकपामा तरंग, काठमाडौं नछाड्न प्रचण्डको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपाभित्र तरंग पैदा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै नेकपाभित्र तरंग पैदा भएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट नेताहरुलाई राजधानी नछाड्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा पूर्वमाओवादीसहित पूर्वएमालेका नेताहरु पनि असन्तुष्ट छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।