चीनबाट १ करोड ८४ लाख डलरको मेडिकल सामाग्री ल्याउन सेनाको सम्झौता

चीनबाट १ करोड ८४ लाख डलरको मेडिकल सामाग्री ल्याउन सेनाको सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले चीनबाट मेडिकल सामाग्री ल्याउन सम्झौता गरेको छ । सेनाले जि–टु–जी प्रक्रियाबाट मंगलबार १ करोड ८४ लाख ४१ हजार ७ सय ६ डलरमा कोरोना संक्रमणको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिद गर्न सम्झौता गरेको हो ।

सेनाले चीनको सरकारी कम्पनीसँग ६७ प्रकारका ३ सय ४० टन औषधी खरिद गर्ने भएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भिडिओ कन्फरेन्समार्फत् मंगलबार उक्त सम्झौता गरेको जानकारी दिए ।

पहिलो चरणको सामग्री सातदेखि दस दिनमा आइपुग्नेछ । यसैबीच स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको हो । स्वास्थ्य सामाग्री दुई साताभित्र नेपाल आइसक्नेछ ।