लामो रस्साकस्सीपछि नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवाका लागी सिफारीस (सुचीसहित)

लामो रस्साकस्सीपछि नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवाका लागी सिफारीस (सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका १९ जना एसपी एसएसपी पदमा बढुवा भएका छन् । बढुवाको लागी रिक्त  १९ पदमा पदमा ४० जना एसपी प्रतिस्पर्धामा थिए । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले मंगलवार १९ जना एसपीहरुलाई  एसएसपीमा बढुवा गरेको हो ।

बढुवा सिफारीस हुने एसपीहरुमा विरेन्द्र बस्याल, नवराज भट्ट,जनक भटराई, कुवेर कठायत, भरत बोहरा,दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी,केदार ढकाल, रविन्द्र केसी,राजेश बांस्तोला,सुदिप गिरी, कृष्ण कुमार महत र लालमणी आचार्य रहेका छन् ।

पछिल्लो ब्याचबाट एसपी हृदय थापा, अशोक सिंह, यज्ञविनोद पोखरेल , राजकुमार वैदवार ,मुकेश सिंह र चन्द्र खापुङ बढुवा सिफारीस भएका छन् ।

नेपाल प्रहरीमा एसएसपी बढुवाको लागी गृहसचिवको अध्यक्षतामा समिति गठन गर्नुपर्ने नियम छ । समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रशासन हेर्ने एआईजी सदस्य सचिव छन् । तल्लो ब्याचका एसपी चन्द्र खापुङलाई बढुवा गर्न प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र एआईजी शैलेश थापा सहमत नभएपछि बढुवा केही समय रोकिएको थियो ।

प्रधानमन्त्री कार्यालयको दबावमा गृहसचिव महेश्वर न्यौपाने खापुङलाई ल्याउन लागेका थिए । उनि वरियतामा ३३ औं नम्बरमा थिए । खापुङले भने तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफुमाथी एसपी बढुवामा अन्याय गरेको भन्दै आफ्नै ब्याचका प्रहरी अधिकृतहरुसंग बढुवा हुन पाउनुपर्ने आफ्नो माग जायज भएको दावी गर्दै आएका छन् ।

अहिले एसएसपीमा बढुवा भएका पछिल्लो ब्याचका एसपीहरुभन्दा खापुङ २ वर्षपछि एसपीमा बढुवा भएका थिए । उनिहरु २०७१ मा भएका हुन भने खापुङ २०७३ मा एसपीमा बढुवा भएका थिए ।