काठमाडौं – काठमाडौंमा दुई जना नर्समा र्यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलले उनीहरुको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।
दुबै जनालाई अस्पतालबाट डिस्र्चाज गरिएको छ । सोमबार त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालको दुई जना नर्समा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको थियो ।




प्रतिक्रिया