संगठनविरोधी सन्देश प्रवाह गर्ने फेसबुक र भाइबर ग्रुपमा नबस्न प्रहरी मुख्यालयको कडा चेतावनी

संगठनविरोधी सन्देश प्रवाह गर्ने फेसबुक र भाइबर ग्रुपमा नबस्न प्रहरी मुख्यालयको कडा चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले प्रहरी संगठनप्रति नकरात्मक सन्देश र टिकाटिप्पणी प्रवाह गर्ने सामाजिक संजालका समुह छोड्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयअन्र्तगत रहेका प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले बुधवार मातहतलाई परिपत्र जारी गर्दै फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जालका समूह छाड्न निर्देशन दिएको हो ।

केही संचारकर्मीले डिफेन्स एण्ड डिप्लोमेसी,सुरक्षा रिपोर्टरजस्ता फेसबुक र भाइबर ग्रुप बनाउंदै समाचार र विचारहरु पोष्ट गर्दै आएका थिए ।उक्त समुहहरुमा प्रहरीका र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरु समेत जोडिएका थिए ।

उक्त समुहमा प्रहरी नेतृत्व र संगठनको विरुद्धमा केही संचारकर्मीले आफ्ना धारणा समेत राख्दै आएका थिए । प्रहरी नेतृत्वले यसैलाई मध्यनजर गर्दै मातहतका कर्मचारीलाई कडा निर्देशन दिएको हो । प्रहरी प्रवक्ता जोशीले परिपत्रमा सबै प्रहरी कर्मचारीलाई नेपाल प्रहरीको नियमावली, सञ्चारमाध्यम (मिडिया) सम्बन्धी नीति, २०६० एवं सामाजिक सञ्जाल (फेसबुक लगायत) व्यवस्थित प्रयोग गर्ने सम्बन्धी गाइडलाइन, २०७१ लाई ध्यान दिन पनि सचेत गराएका छन् ।

निर्देशनको अवज्ञा गरेर संगठनको गरिमा र मर्यादामा आंच आउने कार्य गरे प्रहरी कर्मचारीमाथि नै प्रहरी नियमावली २०७१ बमोजिम कारबाही हुने निर्देशनमा उल्लेख गरिएको छ ।