कठमाडौं – सशस्त्र प्रहरी बल नेपालका दुईजना इन्स्पेक्टरले आफ्नै गुल्मपति (डीएसपी) मानबहादुर शाहीमाथि हातपात गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती) गुल्म रुपन्देहीका इन्स्पेक्टरद्वय केशव भट्टराई र दयाराम पौडेलले मादक पर्दाथ सेवन गरी सोमबार राती व्यारेकमा आएर डीएसपी मानबहादुर शाहीमाथि हातपात गरेका हुन् ।
रक्सीले मातेका दुवैजनालाई पटक-पटक सम्झाउँदा उल्टै डीएसपी शाहीमाथि हातपात भएको हो। डीएसपीले संझाउने वित्तिकै इन्स्पेक्टर पौडेल विवाद स्थलबाट बाहिर गएपनि इन्स्पेक्टर भट्टराई भने डीएसपी शाहीमाथि जाइ लागेका थिए।
त्यसपछि हातपातमा उत्रिएका भट्टराईलाई जवानहरुले नियन्त्रणमा लिएका थिए। सशस्त्र प्रहरी बलका डीआइजी एवं केन्द्रीय प्रवक्ता प्रविण कुमार श्रेष्ठले ३८ नम्बर गुल्ममा अधिकृतबीच विवाद भएको पुष्टि गरे। ’घटना कसरी भयो अहिले नै ठ्याक्कै भन्न सकिँदैन, श्रेष्ठले भने, ’घटना छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिनपछि पुरै विषय खुल्नेछ।’
‘प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नियमावलीअनुसार अनुशासन उल्लंघन गरेको लगायत कसुरमा कारबाही गर्नु भनेर निर्देशन गइसकेको छ ।’ डीआईजी श्रेष्ठले घटनाको विवरण बुझ्दा डीएसपी शाहीलाई कुनै चोटपटक नलगेको पाइएको जानकारी दिए ।




प्रतिक्रिया