बालुवाटारमा ओली र नेपालबीच भेटवार्ता, मिलेर जाने सहमति

बालुवाटारमा ओली र नेपालबीच भेटवार्ता, मिलेर जाने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्रका समस्या समाधानबारे छलफल भएको स्रोतले बतायो ।

सोमबार बिहान भएको भेटवार्तामा दुई नेताबीच मिलेर अघि बढ्ने र पार्टीभित्र देखा परेका समस्या व्यवस्थापन गर्ने विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

अध्यादेश प्रकरणपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढेको छ । सचिवालयका ९ मध्ये ६ जना सदस्यले अध्यादेश फिर्ता लिन माग गरेका थिए ।

आइतबार नेपाल निवास कोटेश्वरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको बैठक बसेको थियो । बैठकले ओलीको विकल्प खोजेको स्रोतले एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेताहरुले सचिवालय बैठक बोलाएर प्रस्ताव ल्याउन र त्यसपछि स्थायी समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

लकडाउनको बहाना बनाएर बैठक नबोलाउने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको भन्दै उनीहरुले तत्काल बैठक बोलाउन पनि नेताहरुलाई सुझाव दिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री अ‍ोलीले एकलौटी रुपमा निर्णय गर्न थालेपछि नेताहरु ओलीप्रति रुष्ट हुँदै आइरहेका छन् ।