काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले शक्तिको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई कब्जामा लिएको आरोप लगाएका छन् ।
अध्यक्ष लोहनीले सरकारले शक्तिको दुरुपयोग गरेर पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यावदको अपहरण गर्नेविरुद्ध जाहेरी नलिन सरकारले प्रहरीलाई दबाब दिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार उक विज्ञप्ति जारी गर्दै डा. लोहनीले सत्तारुढ दलका सांसद र पूर्व आईजीले अपहरण शैलमिा काठमाडौं ल्याएको आफू अपहरणमा परे भनेर उजुरी गर्दा पनि उजुरी लिन नमानेको भन्दै उनले शान्ति सुरक्षाको मुख्य खम्बा रहेको प्रहरी प्रशासनलाई सरकारले निर्लज्ज प्रयोग गरेको आरोप लगाएका छन् ।
‘एउटा मुख्य खम्बा रहेको प्रहरी प्रशासनलाई आ–आफ्नो निहित स्वार्थका लागि निर्लज्य तरिकाले प्रयोग गर्न नेपाल सरकार उद्धत रहेको स्पस्ट छ’, उनले भनेका छन् ।
उनले जनताले तिरेको करबाट न्याय र सुरक्षा दिलाउने प्रहरी संगठनको सत्ताधारीहरुबाट चरम दुरुपोग भएको बताएका छन् । उनले अपराधिक घटनाको निश्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
‘जनताको मनमा देशको संसद र भूपुमन्त्री लाई समेत सत्ताधारीहरु दबाब र धम्की दिएर अपराधिक काम गर्न तयार हुन्छन भने आम जनता ले अब प्रहरी–प्रसासन बाट के न्याय र सुरक्षा पाउलान भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ । नेपाली जनताले तिरेको करबाट नेपाली जनतालाई न्याय र सुरुक्षा दिलाउने प्रहरी संगठन को यो सत्ताधारीहरुबाट चरम दुरुपोग हो । यसबारे छानबिनको माग गर्नु र यस्तो अपराध हुन नदिनु हामी जुनसुकै दल मा लागेको भएपपनि एक भएर आवाज उठाउन आजको आवश्यकता हो’, उनले भनेका छन् ।




प्रतिक्रिया