काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीसँग भेटघाटका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।
नेकपामा पछिल्लो पटक सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग छ । प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गरेर बैठक मिति तोक्ने स्रोतले जानकारी दियो । सोमवार मात्रै ओली र नेपाल समूहका नेताहरु मंगलवार सचिवालय बैठक बस्ने निष्कर्षमा पुगेका थिए ।
तर, अहिलेसम्म सचिवालय बैठक डाकिएको छैन् । पार्टी बैठक र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफलका लागि प्रचण्ड बालुवाटर पुगेका हुन् ।
सोमवार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।




प्रतिक्रिया