म नेकपाको सिपाही हुँ, मेरो कुनै गुट छैन्ः टोपबहादुर रायमाझी

म नेकपाको सिपाही हुँ, मेरो कुनै गुट छैन्ः टोपबहादुर रायमाझी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफूले गुट परिवर्तन नगरेको दाबी गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताका रुपमा चिनिएका स्थायी समिति सदस्य लेखराज भट्टले प्रधानमन्त्रीलाई सहयोग गर्ने बताएपछि नेता रायमाझी पनि प्रधानमन्त्री ओली गुटमा प्रवेश गरेको समाचार बाहिर आएको थियो ।

पछिल्लो समय नेकपा नेताहरु गुटगत छलफलमा जुटिरहेका छन् । तर, रायमाझीले आफूले गुट परिवर्तनको हल्ला निराधार भएको दाबी गरेका छन् । उनले आफ्नो कुनै गुट नभएको र आफू गुटबन्दी गर्ने मान्छे नभएको दाबी गरे ।

उनले आफू नेकपाको ‘सिपाही’ भएकाले यो गुट र त्यो गुट भन्ने नरहेको दाबी गरे । उनले पार्टीभित्र देखापरेका समस्या समाधानका लागि स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

विवादास्पद अध्यादेश ल्याएपछि सरकारको आलोचना भइरहेको अवस्थामा पार्टीभित्र छलफल गरेर समाधान गर्नुपर्ने उनको भनाई छ ।

‘अहिले विश्व नै महामारीमा रहेका बेला गुटगत राजनीति गर्नु उचित हुँदैन् । सरकारका काम कारबाही र पार्टीभित्र देखिएका समस्याबारे स्थायी कमिटी बैठक बोलाएर हल गर्नु अहिलेको विकल्प हो’, उनले भने ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्रिन सक्ने भन्दै तयारी अवस्थामा रहन आफू निकटका सांसदहरुलाई बोलाएर सतर्क गराइरहेका छन् ।

‘पार्टी एकताका कामहरू पूर्ण भइसकेका छैनन् । एकले अर्कालाई निषेध गर्दै हिंड्ने र पार्टीलाई विभाजनतिर लैजाने जो समस्या छ, गुटगत रुपमा हस्ताक्षर गर्दै हिंड्नु बुद्धिमानी होइन,’ रायमाझीले भने ।