काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका छन् । दुबै सदनका बैठक सञ्चालन गर्ने तयारीको अवलोकन गर्न प्रधानमन्त्री ओली नयाँबानेश्वर पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन गएका छन् ।
यसअघि आजै सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएका हुन् ।
सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।




प्रतिक्रिया