नेतृत्वलाई शेरबहादुर तामाङको चेतावनीः कार्यकर्तालाई झोले नबनाऊ !

नेतृत्वलाई शेरबहादुर तामाङको चेतावनीः कार्यकर्तालाई झोले नबनाऊ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले कार्यकर्तालाई झोले नबनाउन नेतृत्वलाई चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्यसमेत रहेका तामाङले सामाजिक सञ्जालमा कार्यकर्तालाई झोले नबनाउन नेतृत्वलाई चेतावनी दिएका हुन् ।

‘अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लाखौंलाख कार्यकर्ता किंकर्तव्यविमूढ, डर–त्रास, आक्रोश, असमञ्जस्यता र पीडाको अवस्थामा छन,’ सांसद तामाङले भनेका छन्, ‘सबैका मनहरू रोइरहेका छन् । यो सबै हामी कार्यकर्ताको कारणले होइन । नेताहरूकै कारणले हो । ए नेताहरू हो । हामीलाई नेताहरूको झोला बोक्ने झोले बनाउँछौ कि पार्टीको झण्डा बोक्ने इमानदार कार्यकर्ता ? देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्छौं कि निहीत सत्ता स्वार्थका लागि जोड घटाउमा लाग्छौ ?’

उनले नेतृत्वले कार्यकर्तालाई पीडा मात्रै दिएको भन्दै रोष प्रकट गरेका छन् । उनले कार्यकर्तालाई पीडा नदिन पनि चेतावनी दिएका छन् ।

आक्रोशित हुँदै उनले भनेका छन्, ‘हामीलाई किन यति धेरै पीडा दिन्छौ ? अब यस्तै अवस्था हो भने सावधान ! हामी तपाईंहरूलाई स–सम्मान शालीनतापूर्वक क्रस गरेर अगाडि बढ्न सक्षम र तयार छौं । चेतना भया !’