काठमाडौं – सरकारी वकिलले कालोबजारी गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवाललाई थुनामा नै राखेर मुद्दाको थपकारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग माग गरेको छ ।
न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा अग्रवालले वर्तमान गम्भीर परिस्थितिमा पनि कालोबजारी गरेको उल्लेख गर्दै सरकारी वकिल सिर्जना ढकालले अग्रवाललाई थुनामा नै राखेर मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने माग गर्नुभएको हो ।
कालोबजारी गरेको आरोप लागेका अग्रवालले कालोबजारी तथा केही सामाजिक सुधार ऐन–२०३२ विपरीतको कार्य गरेको आरोप लगाई सरकारले मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो ।
सरकारले दायर गरेको अभियोगपत्रमा उक्त ऐनको दफा २ को खण्ड (क), दफा ३, दफा ५ लगायत बमोजिम कारबाही हुन माग गरेको थियो । दफा २ को खण्ड (क) मा कुनै वस्तुको तोकिदिएको मोलभन्दा बढी मँल्यमा सामान बिक्री गर्न नुहने उल्लेख गरिएको छ ।यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया