काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएपछि निर्वाचन समितिले मतगणनाको तयारी अघि बढाएको छ ।
सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा छ । दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापन मिलाउने काम भइरहेको छ ।
मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ । मतगणना प्रक्रियालाई सीसी क्यामेराको निगरानीमा राख्ने तयारी गरिएको छ ।
मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाउन लागिएको हो । मतदान सम्पन्न भएसँगै निर्वाचन समितिले मतगणनाको तयारीलाई तीव्रता दिएको छ ।
सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा हुने भए पनि अन्य पदका मतपत्र भने पार्टी केन्द्रीय कार्यालय सानेपा लगेर सभापतिको परिणामपछि मात्रै गणना गर्ने तयारी छ ।
सभापति पदको मतपरिणाम सार्वजनिक भएपछि कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियाले थप गति लिनेछ । अहिले महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताको ध्यान सभापति पदको मतगणना र परिणाममा केन्द्रित भएको छ ।



प्रतिक्रिया