रामचन्द्र पौडेलले पाए जापान सरकारबाट उत्कृष्ट अवार्ड

रामचन्द्र पौडेलले पाए जापान सरकारबाट उत्कृष्ट अवार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जापान सरकारबाट उत्कृष्ण विभूषणबाट सम्मानित भएका छन् । नेता पौडेलले जापान ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ पाएका हुन् ।

नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत जापान सरकारले यस वर्षको अवार्ड नेता पौडेललाई दिने निर्णय गरेको हो ।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी पौडेलले सभामुख भएको बेलामा जापान–नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले यो वर्षको सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।

पूर्वसभामुखसमेत रहेका ७६ वर्षीय कांग्रेस नेता पौडेलले उक्त अवार्ड पाएपछि जापान सरकारलाई धन्यवाद दिएका छन् ।