सुर्खेत – सुर्खेतमा नेत्रविक्रम चन्द्र (विप्लव) समूहका नेता होम क्वारेन्टाइनबाट पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बालाराम सुनार (हिमाल) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
होम क्वारेन्टाइनमा बसिरहेका उनलाई प्रहरीले बिहीबार बिहान वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सुनार विप्लव समूहका सुर्खेत जिल्लाका पूर्व इञ्चार्जसमेत हुन् ।
पक्राउ परेका सुनारलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया