पसल–पसल नडुलौँ, नेकपाको समस्या भित्रै समाधान गरौंः योगेश भट्टराई

पसल–पसल नडुलौँ, नेकपाको समस्या भित्रै समाधान गरौंः योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सचिवालय बैठकमै सबै समस्याको समाधान खोज्न र विवाद हल गर्न सुझाव दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता भट्टराईले छरपस्ट भएर छिरलिएको छलफल सचिवालय बैठकबाट बाहिर ननिकाल्न आग्रह गरेका छन् ।

‘छरपस्ट भएर छिरलिएको छलफल सचिवालयमार्फत् घरभित्र प्रवेश गरेको छ,’ भनेका छन्, ‘त्यहाँबाट बाहिर ननिकालौं ।’

उनले बैठकबाहिर समाधान नखोज्न नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । ‘त्यतातिरै समाधान गरौँ । बजारबन्द छ पसल पसल नडुलौँ । संवाद, संवाद र फेरि पनि संवाद,’ उनले भनेका छन् ।