काठमाडौं – जनता समाजवादी पार्टीका नेता राष्ट्रिय मानव अधिकार आयोग जाने भएका छन् । प्रहरी र सरकारी वकिल कार्यालयले आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसद र पूर्वआईजीविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि उनीहरु मानव अधिकार आयोग जाने तयारी गरेको हो ।
गत मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो । जसपाका नेता डा. बाबुराम भट्टराईसहितको टोली मानव अधिकार आयोग जाने तयारी गरेको जसपाका एक नेताले जानकारी दिए ।
पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर गत बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।
उनलाई गत बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यादवले आफूलाई ज्यान मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।




प्रतिक्रिया