काठमाडौं – जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । प्रहरी र सरकारी वकिल कार्यालयले आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसद र पूर्वआईजीविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि सांसद यादवले आयोगमा उजुरी दिएका हुन् ।
बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन् ।
‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ ।’
गत मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।
पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर गत बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।
उनलाई गत बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यादवले आफूलाई ज्यान मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।





प्रतिक्रिया