काठमाडौं – सरकारले लोक सेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्ति स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगबाट जारी भएका विज्ञापन हाललाई स्थगित गर्ने निर्णय भएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले अर्को निर्णय नहुन्जेलसम्मका लागि सबै प्रक्रिया रद्ध गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै सरकारले महाकाली लोकमार्गको कूल १३४ किलोमिटरमध्ये व्यवस्थापन हुन बाँकी ८७ किमी खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।
बैठकले सार्वजनिक खरिद नियमावली (दशौँ संशोधन) नियमावली २०७७ पनि स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
उता, इपीएस प्रणाली अन्तर्गत कोरियामा काम गर्ने प्रवेशाज्ञा भएका हाल विदामा नेपालमा रहेका व्यक्ति आफ्नो काममा फर्कन चाहेमा स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय पनि भएको मन्त्री खतिवडाले जानकारी दिए ।




प्रतिक्रिया