प्रधानमन्त्रीको धम्कीबाट कोही तर्सनेवाला छैनः गगन थापा

प्रधानमन्त्रीको धम्कीबाट कोही तर्सनेवाला छैनः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सने बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा प्रधानमन्त्रीले जारी गरेको भिडियो सन्देशमा सरकारका कमजोरीमाथि खबरदारी गर्नेलाई धम्की दिएको भन्दै नेता थापाले त्यस्तो धम्कीबाट कोही पनि नतर्सने प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा शुक्रबार नेता थापाले कारोनाको महामारीका बेला प्रधानमन्त्री ओलीले आफ्नो स्वास्र्थका लागि अनेक खेल खेलेर परिस्थितिलाई बिगारेको र त्यसको खबरदारी गर्नेलाई धम्की दिएको आरोप लगाएका छन् । उनले प्रधानमनत्री ओलीले गर्नुपर्ने काम नगरेको र खबरदारी गर्नेलाई धम्की दिएको भन्दै यस्तो धम्कीबाट कोही नतर्सने बताए ।

‘महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं । गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं । अनि धम्की ती खवरदारी गर्नेहरूलाई ?’, नेता थापाले लेखेका छन्, ‘जो चोर उसैको ठूलो स्वर । कोही तर्सनेवाला छैन यो धम्कीबाट ।’