नेकपाको सचिवालय बैठक बस्दै, बैठक अघि नेताहरु परामर्शमा व्यस्त

नेकपाको सचिवालय बैठक बस्दै, बैठक अघि नेताहरु परामर्शमा व्यस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज शनिबार चार बजे बस्ने भएको छ । अपरान्ह बस्ने पार्टीको हेडक्वार्टर मानिने नौ सदस्यीय सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको वामदेव कार्डको छिनोफानो हुने एक सचिवालय सदस्यले बताए ।

प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् । अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान छ ।  यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ।

यस्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । तर, ओलीले उक्त प्रस्ताव मनदेखि राखेका हुन् वा अल्मल्याउने प्रयासमात्र हो भन्ने निक्र्योल भने शनिबारको उनको प्रस्तुति, प्रस्ताव र सामुहिक निर्णयबाट मात्रै टुङ्गो लाग्नेछ ।

प्रचण्ड, माधव नेपाल र बामदेव समूह ओलीविरुद्ध एकजुट भइरहेको बेला यो प्रस्तावले नेकपाको आन्तरिक संघर्षमा नयाँ ट्वीस्ट ल्याएको थियो । त्यसपछि शुक्रबारसम्म प्रचण्ड(नेपाल पक्षबीच र आ(आफ्ना समूहबीच छुट्टै छलफल भएका थिए ।