झुलाघाटबाट उद्धार गरिएका एक वृद्धको बाटोमै मृत्यु

झुलाघाटबाट उद्धार गरिएका एक वृद्धको बाटोमै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल-भारत सीमा नाकाबाट उद्दार गरी नेपाल ल्याइएका एक नेपालीको मृत्यु भएको छ । सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुनी लोहारको शनिबार बिहान ६ बजे क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए । उपचारका लागि एक महिनाअघि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण उतै थुनिएका थिए ।

नाका खुलेपछि घर फर्किैएका उनको एक्कासी हिड्दा हिड्दै मृत्यु भएको छ ।कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लुहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । उनीसँगै आएका अन्यलाई छुट्टै क्वारेन्टाइनमा राखिने भएको छ । हालै महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको थियो ।