चितवन – पिठुवा खानेपानी तथा सरसफाई उपभोक्त संस्थाले खानेपानीको महसुल छुट दिने भएको छ । उपभोक्ताहरु लकडाउनको समस्यामा परेको भन्दै सो संस्थाले उपभोक्तालाई न्यूनतम महसुल छुट तथा जरिवाना पनि नलिने निर्णय गरेको संस्थाका अध्यक्ष आशिक तमाङले जानकारी दिए ।
१० हजार लिटर पानी उपभोग गरेवापत ग्राहकले मासिक रुपमा तिर्दै आएको शुल्क छुट दिने निर्णय गरेकोे संस्थाका अध्यक्ष तामाङले बताए ।
बन्दाबन्दीका कारण उपभोक्ताहरूको घर घरमा गई मिटर रिडिङ गर्ने अवस्था नरहेकोले अघिल्लो ३ महिनालाई खपत युनिट लाई आधार बनाइ औषत युनिट चैत्र र बैशाख महिनाको खपत युनिटका रूपमा रिडिङ गरि मिटर रिडिङ कार्य हुने र पानी महशुल अनलाइन पेमेन्ट मार्फत भुक्तानी गर्न पिन संस्थाले उपभोक्ताहरुलाई आग्रह समेत गरेको छ ।
त्यस्तै १० हजार लिटर भन्दा बढी पानी प्रयोग गरेको खण्डमा भने शुल्क लाग्ने र लकडाउनको अबधिभर कुनै पनि जरिवाना नलिने निर्णय भएको तामाङले बताए ।




प्रतिक्रिया