काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ ।
शनिबार ४ बजेलाई बोलाइएको नेकपाको सचिवालय बैठक साढे ५ बजेलाई सारेर प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए । त्यसलगत्तै उनी शितल निवास पुगेका हुन् ।
पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् ।




प्रतिक्रिया