काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डच प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
दुई अध्यक्षबीच आगामी बैठकका रणनीतिबारे छलफल भइरहेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नै नगरी एकलौटी रुपमा दुई अध्यादेश जारी गरेपछि दुई नेताबीचको विवाद शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएको थियो ।
प्रधानमन्त्री ओलीले बैठकमा आत्मआलोचना गरेपछि विवाद अन्त्य भएको थियो । त्यसपछि नेताहरु आपसी छलफलमा व्यस्त हुँदै आइरहेका छन् । सोहि बैठकले बुधबार सचिवालय र बिहीबार स्थायी समिति बैठक तोकेको थियो ।




प्रतिक्रिया