प्रधानमन्त्रीको भारत भ्रमणमा अमुर्त ह‍ोइन,लामो समयदेखि थाती रहेका विषयको समाधानमा केन्द्रित हुनुपर्छ : एमाले नेता रिजाल

प्रधानमन्त्रीको भारत भ्रमणमा अमुर्त ह‍ोइन,लामो समयदेखि थाती रहेका विषयको समाधानमा केन्द्रित हुनुपर्छ : एमाले नेता रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालका थाँती रहेका राष्ट्रिय हितका मुद्दा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले दुई देशबीचको मित्रता प्रगाढ बनाउने र सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने जस्ता अमूर्त विषयभन्दा आपसी सम्बन्धमा रहेका समस्याको समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेपाल र भारतबीच केही महत्त्वपूर्ण मुद्दा लामो समयदेखि थाँती रहेको उल्लेख गर्दै उनले ती विषयको समाधानले नै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने धारणा राखेका छन् । वार्ताका क्रममा नेपालले आफ्ना राष्ट्रिय हितका विषय उठाउन छाड्नु भनेको ती विषय नै परित्याग गर्नुजस्तो अर्थ लाग्न सक्ने भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूको सुझाव लिनुपर्ने रिजालको भनाइ छ । सबैको शुभेच्छा र सल्लाह लिएर अघि बढ्दा प्रधानमन्त्री कमजोर नभई थप बलियो हुने उनले उल्लेख गरेका छन् ।