लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुँदै

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

लकडाउनको मोटालिटी तय गर्न उच्चस्तरीय समितिको बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने बताइएको छ ।

सरकारले चौथोपटक थप गरेको लकडाउनको अवधि बिहीबार (२५ गते) सकिँदै छ । सरकारले लकडाउन केही खुकुलो बनाउने तयारी गरिरहेका बेला नेपालगञ्जमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि अन्यौलको स्थिति सिर्जना भएको छ ।

प्रधानमन्त्री ओलीले पनि लकडाउन खुकुलो बनाउने विषयमा केही निर्णय गर्न सक्ने बालुवाटार निकट स्रोतले जानकारी दियो ।