सामान्य प्रशासनले माग्यो सात वटै प्रदेशसँग रिक्त कर्मचारीको विवरण

सामान्य प्रशासनले माग्यो सात वटै प्रदेशसँग रिक्त कर्मचारीको विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात वटै प्रदेशसँग कर्मचारी विवरण माग गरेको छ ।

मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहालले रिक्त रहेका कर्मचारीको विवरण पठाउन सात वटै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहलाई अनुरोध गरेको जानकारी दिए ।

गत वैशाख १४ गतेको पत्रबाट कर्मचारी विवरण माग गरिएकोमा सबै निकायबाट विवरण प्राप्त नभएको र संघीयताको कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र अन्य अत्यावश्यक सेवा प्रवाह गर्नका लागि साथै कर्मचारी विवरण अध्यावधिक अभिलेखन गरी कर्मचारी व्यवस्थापन गर्ने प्रयोजनका लागि प्रादेशिक र स्थानीय तहका सबै निकायहरुमा कार्यरत र रिक्त कर्मचारीको कर्मचारी विवरण फाराम भरी पाँच दिनभित्र मन्त्रालयमा बुझाउन भनिएको छ ।

सरकारले कोरोनाका कारण लोक सेवा परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगन गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।