हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ : गगन थापा

हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसको नयाँ नेतृत्व इतिहासको व्याज खान आएको नभई आफैँ इतिहास रच्न आएको बताएका छन् ।

पार्टी महाधिवेशनबाट सभापति निर्वाचित भएपछि प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै सभापति थापाले भने, ‘हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ ।’

अब कांग्रेसले बोलेर नभई काम गरेर देखाउनुपर्ने उनले बताए । ‘हामीले बोलेर हुँदैन, काम गर्नुपर्छ । कांग्रेस भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्छ,’ उनले भने, ‘कांग्रेसको कुनै व्यक्तिलाई लागेको दाग व्यक्ति आफैँले मेट्नुपर्छ । देशका सानो मान्छेलाई जस्तो कानून लाग्छ, ठूलोलाई पनि त्यस्तै कानून लाग्नुपर्छ ।’

कांग्रेस कहाँ उभिएको छ भन्ने कुरा कर्मबाट देखिने उनले बताए । ‘हाम्रा निर्णय र कर्मबाट कहाँ उभिएका छौँ भन्ने प्रस्ट पार्नुपर्छ, हामी हिजोका भारी बिसाएर नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘तत्कालका फाइदा र निजी लाभ, आचारण र नैतिकताका सन्दर्भमा विगतका तमाम फोहोर फ्याकेर आएको कांग्रेस हो । विगतका राजनीतिक मूल्य बोकेर जानेछौँ ।’