शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छः गृहमन्त्री बादल

शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छः गृहमन्त्री बादल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले लकडाउन खुकुलो बनाउने बताएका छन् । गृहमन्त्री बादलले चैत ११ गतेदेखि लगाइएको लकडाउन शर्तसहित केही खुकुलो बनाइने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा बोल्दै गृहमन्त्री बादलले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् ।

‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ उनले भने, ‘बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’