राष्ट्र बैंकका गभर्नरको सम्पतिः ८९ लाखको कार, २ लाख कित्ता सेयर

राष्ट्र बैंकका गभर्नरको सम्पतिः ८९ लाखको कार, २ लाख कित्ता सेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पति विरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ऐनमा नै उल्लेख सम्पति विवरण सर्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार उनले सम्पति विवरण सर्वाजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको सम्पति विवरण अनुसार सेयर लगानी धेरै देखिएको छ । उनले विभिन्न बैंक, वित्तिय कम्पनीमा गरि करिव २ लाख ३६ हजार कित्ता सेयर रहेको उल्लेख गरेका छन् ।

उनी र उनकी श्रीमती सरिता अधिकारीको नाममा नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज बैंक, एभरेष्ट, मेगा बैंक, नेपाल इन्भेष्टेमन्ट बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, मेरो माइक्रो फाइनान्स कम्पनी, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स कम्पनीमा सेयर रहेका रहेका छन् ।

अधिकारी परिवारसँग २७ तोला सुन रहेको छ भने ८९ लाख मूल्य बराबरको टोयोटा कार रहेको छ । त्यस बाहेक अन्य २ वटा मोटरसाइकल पनि सम्पति विवरणमा उल्लेख छ । १२ लाख नगद बैंकमा रहेको छ भने ललितपुर सैंबुमा २२ बर्ग फिटमा घर रहेको छ जुन उनकी श्रीमतिको नाममा उल्लेख छ । त्यस्तै गरि सैंबुमा नै १३ आना जग्गा रहेको र जुन उनकै नाममा रहेको उल्लेख छ ।

त्यस्तै श्रीमतीकै नाममा झापाको साविक सुरुङ्गा गाविस वडा नम्वर १ मा ०–१६–१८ बिघा, ०–१२–४ बिघा, ०–७–४ बिघा, १–५–४ बिघा जग्गा छ ।

उनको नाममा ललितपुरको छम्पी गाविसमा ४–१०–०–० रोपनी, सो गाविसमा २–१५–०–० र २–६–०–० रोपनी जग्गा पनि श्रीमती सरिताको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

महाप्रसादको नाममा मकवानपुरको हेटौंडा १ हटियामा ०–०२–०० कठ्ठा जग्गा छ ।