पनौतीमा नेवार बाहेक अन्यलाई घर किनबेचमा रोक

पनौतीमा नेवार बाहेक अन्यलाई घर किनबेचमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेको पनौती नगरपालिका वडा नं ७ ले वडा भित्र नेवार बाहेक अन्य जातिलाई घर जग्गा किनबेचमा रोक लगाउने निर्णय गरेको छ ।

मंगलबार बसेको वडा समितिको बैठकले सो वडा भित्र रहेका नेवार जाति बाहेक अन्य जातिले घर जग्गा बेचबिखनका लागि घर बाटो मुल्यांकन सिफारिस लिन आएमा नदिने निर्णय भएको उलेख गरिएको छ ।

पनौती नगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र नासनानीले बिज्ञप्तिमा स्थानीय भद्र भलादमीको सल्लाहमा उक्त निर्णय गरिएको जनाएका छ ।

‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरुलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’, वडा अध्यक्ष नास्नानीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।