जोखिममा रहेका भूकम्पपीडितलाई जग्गा दिने व्यवस्था

जोखिममा रहेका भूकम्पपीडितलाई जग्गा दिने व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विनाशकारी भूकम्पका कारण जोखिममा रहेको बस्तीका ४ हजारभन्दा बढी भूकम्पपीडितलाई जग्गाको व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण बस्ती जोखिममा परी स्थानान्तरण गर्नुपर्ने भूकम्पपीडितलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था गरिएको हो ।

प्राधिकरणका अनुसार भूकम्पकै कारण पहिरो, बाढीलगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले आवास पुनर्निर्माणका लागि जग्गाको व्यवस्था गरेको हो ।

भूकम्पका कारण जोखिमयुक्त अवस्थामा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । ‘भूकम्पकै कारण चिरा परी बस्ती असुरक्षित र पहिरोको जोखिमले थप असुरक्षित भएका बस्तीको पहिचान गर्दै भूकम्पपीडितलाई सुरक्षित बासस्थान दिन जग्गाको व्यवस्था गरिएको हो ।’ –उहाँले भन्नुभयो ।

प्राधिकरणले बनाएको कार्यविधिअनुसार भूकम्पपीडितलाई जग्गाको व्यवस्था गरी आवास निर्माणमा सघाइरहेको उहाँले बताउनुभयो । भूकम्पले गर्दा गोरखा, धादिङ, ललितपुर, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानका बस्ती बस्न अयोग्य भएको प्राधिकरणले जनाएको छ ।यो खबर आजको समाचारपत्र दैनिकमा छ ।