काठमाडौं – लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । सरकारले वैशाख २५ गतेसम्म लगाएको लकडाउनको समय बिहीबार राति १२ बजेबाट सकिँदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १२ बजेका लागि बैठक बोलाइएको हो । मंगलवार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।
समितिको बैठकले लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको निष्कर्ष निकालेको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोरोना संक्रमित निको भए पनि पुनः कोरोना देखिन थालेपछि सरकारले थप सजकता अपनाउने भएको हो ।




प्रतिक्रिया