काठमाडौं – सरकारले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।
सरकारले वैशाख २५ गतेसम्म जारी गरेको लकडाउन बिहीबारबाट सकिँदैछ ।
मंगलवार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।




प्रतिक्रिया